Bagmati Samachar Logo

मकवानपुरमा आज १ सय ९९ जनाले कोरोना सक्रमणबाट निको भए

हेटौंडा । मकवानपुरमा आज थप १ सय ९९ जनाले कोरोना सक्रमणबाट निको भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लाभर होम आइसोलेसनबाट १ सय ८२ र आइसोलेसनबाट १८ गरी थप १ सय ९९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ६ सय ८१ जना पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । ३ सय १५ जनामा पिसिआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ८ हजार २ सय १३ पुगेको छ । जिल्लामा आजको दिनमा २ हजार ४४४ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जिल्लामा कोरोनाको कारण ८४ जनाको ज्यान गएको छ ।