अस्पताल सबैको साझा सम्पति होः मुख्यमन्त्री पौडेल
हेटौंडा । २० मंसिर । हेटौंडामा पुुनर्नवा अस्पताल( प्राकृतिक चिकित्सा)को मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । मुख्यमन्त्री पौडेलले पुनर्नवा अस्पताल सबैको साझा सम्पति भएको र सबैको स्वामित्व हो भन्ने कुरा ग्रहण गर्यौ भने सजिलै अस्पताल माथि उठ्ने बताए ।
अस्पताल हुप्राचौरमा स्थित ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा संचालित छ । अस्पताल असार महिनादेखि सञ्चालनमा आएको हो ।
स्थापना भएको छोटो समयमा नै प्रगति राम्रो भएकोले अस्पतालको भविष्य उज्यालो रहेको र आफु सरकारमा भएपनि नभए पनि अस्पतालको विकासका लागि सदैव तत्पर रहने पौडेले प्रतिवद्धता जनाए ।
हालसम्म पुनर्नवा अस्पतालमा १ सय ४७ जनाले सेवा लिइसकेको अस्पतालका निर्देशक डा. दिपक पौडेलले जानकारी दिए । १ सय ४७ जनाको सेवा शुल्क बापत ७ लाख ४५ हजार आम्दानी गरी अस्पताल संचालन हुने खर्चमा ६५ प्रतिशत खर्च धान्न सफल भएको बताए । प्रतिष्ठानको लक्ष्य अनुरुप कार्य गर्न राष्ट्रिय योजना आयोगबाट नवप्रवद्र्धन कार्यक्रमका लागि माग गरिएको सुचना अनुसारको ऋण रकम प्राप्त गर्न अस्पतालले प्रस्ताव समेत पेश गरेको छ ।
पुनर्नवा अस्पतालका अध्यक्ष ललितकुमार बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको प्रदेश सभाकी सदस्य मुनु सिग्देल, जुनेली माया श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्साल, १२ नम्बर वडा अध्यक्ष ललित घलान लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: