ताजा अपडेट
अपराध

सलह किराः एक जैविक चुनौती ,कसरी गर्न सकिन्छ नियन्त्रण

सलह किराः एक जैविक चुनौती ,कसरी गर्न सकिन्छ नियन्त्रण
Beawar: A young child attempts to chase away a swarm of locusts, at Fatehgarh Salla village near Beawar, Monday, May 11, 2020. Locusts arriving from neighbouring Pakistan are threatening livelihoods of local farmers and cattle herders in Rajasthan. (PTI Photo)(PTI11-05-2020_000119A)

देशले कोरोना कहर सामना गरिरहेको छ। कृषकहरु बीउ मलको अभावमै भए पनि बाली लगाउनु पर्ने अवस्थामा छन्। गत साल फौजी किराले बाली नष्ट पारेको पीडा सेलाउन नपाउँदै यस वर्ष पनि सलह किराको अर्को चुनौती सामना गर्नु पर्ने देखिएको छ।

यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रसम्म नै सलह किराले प्रकोप देखाएको छ। मौसमी हावासँगै यो नेपालमा प्रवेश गर्न सक्ने जोखिम उच्च रहेको छ।

के हो सलहरु

सलह फट्याङ्ग्रा वर्गको किरा हो। संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठन (एफएओ) ले यसलाई सलह (लोकस्ट) प्लेग भनि नामकरण गरेको छ। एक्रिडिडे (एक्रिडिडे फेमली मा पर्ने यो किरामा तुलनात्मक रूपमा छोटो र कडा एन्टिना र पेटको पहिलो भागको छेउमा टिम्प्यानम् (सुन्ने अंग) हुन्छ।

सलह किराले छोटो समयमा हरियो वनस्पतिको पात र डाँठ समेत खान सक्छ। सलह निकै नै पुरानो विनाशकारी प्रवासी (माइग्रेटरी) कीटहरू मध्ये एक हो। यो किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पति भएको पाइन्छ। सलह किराहरु धेरै प्रजातीका छन्। ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ।

तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन्। सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलहलाई चिनिन्छ जुन अहिले धेरै ठाउँहरुमा विनाशको रुपमा फैलिरहेको छ।

अहिले पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा दुई ठूला आँधी साइक्लोनले भारि वर्षा गराएपछि यिनीहरुले प्रजनन् गराएर आफ्नो सङ्ख्या सयौँ गुणाले बढाएको पाइन्छ। पछिल्लो समय अफ्रिका, अरबियन मुलुक हुँदै सन् २०२० को मध्यसम्म आइपुग्दा एसियाको अफ्गानिस्तान, पाकिस्तान र भारतसम्म फैलिएको यो किराको खतरा नेपालमा पनि आउने सम्भावना रहेको छ।

डा . सुन्दर तिवारी \ अनन्त प्रकास

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब हो । यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।

१० देखि ६५ दिनमा अण्डाबाट बच्चा निस्कन्छ । यी बच्चाहरू १ देखि ३ महिना सम्ममा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ ।यसको आयु ३ देखि ५महिना सम्म हुने गरछ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।

यो सलह किराले न्यानो हावापानी मन पराउँछ । जहाँ बालुवा छ त्यस्तो जमिनमा यसले बढी अण्डा पार्न रुचाउँछ । साथै जहाँ समुद्री आँधी बढी हुन्छ, त्यस्ता ठाउँमा यसलाई टाढाटाढासम्म उडाउँछ ।

२० देखि ४० दिन उमेर सम्मका बच्चा पेखेटा नआइसकेका हरियो रङ्गको अवस्थालाई निम्फ अर्थत होपर भनिन्छ। यो नै किरालाई नियन्त्रण गर्ने उपयुक्त समय हो। त्यसपछि वयस्कहरु हरियोदेखि खैरो हुँदै पहेलो रङको हुन्छन् जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव जस्तै छ। उमेरसँगै पछाडिको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर जाने र जसको कारण यो किराको रङ्ग, आहारा र प्रजननमा फरकपना आउने गर्छ।

सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ। तिनीहरूले प्रायः सबै प्रकारका बाली तथा गैरक्रप बोटहरूको पात, डाँठ, फूल, फलफूल, बीउ, र बोक्रा समेत खाई सखाप पार्छ। एक वर्ग किलोमिटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्छन्।

यस्तै एक दिनमा करिब १५० किलोमिटरभन्दा बढी टाढा र समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईसम्म उड्न सक्छन्। एक दिनमा यो किराले करिब ३५ हजार मान्छेले खाने बराबरको खाना खाने अनुमान गरिएको छ।

यसको रोकथामको लागि भारतमा यो बेला मालाथिएन नामक औषधीको प्रयोग गरेको पाइएको छ भने पाकिस्तानमा डाइजिनन र फिप्रोनिल अनि अफ्रिकामा ग्रीन मसल भन्ने विषाधीको प्रयोग भएको पाइन्छ।

किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई पत्ता लगाई कुनै रसायन या घरेलु विधिबाट यसको अण्डा र होपर नै नष्ट गर्न सकियो भने यसको नियन्त्रण धेरै हदसम्म सफल हुन सक्छ। यसैगरी धुवा लगाउने (टायर जलाउने), जालको प्रयोगबाट छोप्ने र खाडल बनाएर हाल्ने, आवाज सृजना गर्ने जस्ता क्रियाकलापबाट पनि यस किराको प्रकोपलाई कम गर्न सकिन्छ।

अलि बढी फैलिएको ठाउँमा भने जैविक किटनाशक औषधि (बायो पेस्टिसाइड) प्रयोग गर्नुको कुनै विकल्प रहँदैन। नेपालमा पनि सुदूरपश्चम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्नेछ। सलह किरा समुन्द्र सतहदेखि करिब २००० मिटरसम्म मात्र उड्न सक्ने भएकाले यो हिमालयपारि जान नसक्ने हुनाले नेपालमा धेरै नै विकराल अवस्था आउन सक्ने आँकलन गर्न सकिन्छ।

यो किराले बालीनालीमा आक्रमण मात्रै गर्दैन, अन्नबाली खएर सखाप नै पार्दछ। जसले गर्दा भोकमरीको समस्या नै हुन सक्ने सम्भावना निम्त्याउछ। त्यसैले यसालाई भित्रिन नदिने उपाय अपनाउनु पर्छ। विनाशबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्नको लागि सरकारले ठोस कदम चाल्नु आवश्यक छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि यसको नियन्त्रण बारे चासो देखाएको छ। सँगसँगै तीनै तहको सरकारहरु यसका नियन्त्रण र यसले पार्न सक्ने दीर्घकालीन जोखिम न्यूनीकरण गर्नका निमित्त ठोस कार्ययोजनाका साथ अबिलम्ब अगाडि बडाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…