Swornakshar Logo

बागमती गोल्डकपःउद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी

३ फागुन । हेटौडां । मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी भएको छ ।

प्रतियोगितामा आयोजकले सर्लाहिको बागमती नगरपालिकालाई १–० ले पराजित गरेको हो । खेल सुरु भएको १० मिनेट भित्रै वागमतीको लागि जर्सी नंबर १८ का बाबुराम माझीले गोल गरेका हुन् । उनको गोलनै आयोजकको लागि विजयी गोल बन्यो ।