ओमानसँग नेपालको लगातार दोस्रो हार
२६ माघ । काठमाडौं । क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यसअघि आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँगै पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: