Swornakshar Logo

नेपाली महिला भलिबल टिम मैत्रीपूर्ण खेलमा पराजित

५ असोज । कााठमाडौं । आसन्न दक्षिण एसियाली खेलकुद साग र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले थाइल्याण्डसंग पहिलो हार ब्यहोरेको छ ।

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाली महिला टिम थाइल्याण्डको यू–२३ टिमसँग तीन शून्यको सोझो सेटमा पराजित भयो । यसअघिका दुई खेलमा जित निकालेको नेपाली महिला टिमले मंगलबार भने सुरुदेखि नै फितलो प्रदर्शन गर्‍यो ।

जसमा नेपालले पहिलो सेट २५–१८ ले हार्यो भने दोस्रो सेट २६–२४ ले गुमाउन पुग्यो । यस्तै तेस्रो तथा अन्तिम सेट २५–२० ले गुमाउन पुग्यो ।