Swornakshar Logo

साफ यू १५ च्याम्पियनसिपः पहिलो खेलमा नेपाल भारतसँग ५–० ले पराजित

४ भदौ । काठमाण्डौ । भारतमा जारी साफ यू १५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५– ० ले पराजित भएको छ ।
भारतको कल्याणीमा भएको खेलमा भारतले छैटौं मिनेटमा पहिलो गोल गर्‍यो । उसका लागि महेसोन सिंहले फ्रि किक मार्फत गोल गरेका थिए । खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल बेहोर्‍यो, उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।
पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो । ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल गर्‍यो । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा पुर्‍याए ।

खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन ।