सर्पले डसेपछि वडाध्यक्षले गरे झारफुक
२६ साउन । काठमाडौं । डोटी सर्पको बिगबिगी भएको ठाउँ हो। सर्पले डसेर गत असारमा मात्र तीन जनाको मृत्यु भयो।
गाईलाई घाँस हाल्न गोठमा गएका पूर्वीचौकी गाउँपालिका ४ का २२ वर्षीय पूर्णराज गिरीलाई सर्पले डसेर असार २३ गते मृत्यु भयो। सर्पले डसेपछि गिरीलाई उपचारका लागि अस्पताल लगिएन, धामी झाँक्रीलाई देखाइयो। भोलिपल्ट मात्र जिल्ला अस्पताल लगियो। उनी बाँच्न सकेनन्।
असार १८ गते केआई सिंह गाउँपालिका २ तिखातरका ९ वर्षीय झकेन्द्रबहादुर बोगटीलाई आँगनमा पढिराखेका बेला सर्पले डस्यो र उनले पनि ज्यान गुमाए।
सर्पकै डसाइबाट शिखर नगरपालिका २ कालागाडकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि मृत्यु भएको थियो। साउन लाग्दा पनि सर्पको बिगबिगी घटेको छैन।
यो साता पूर्वीचौकी गाउँपालिकामै दुई जनालाई डसिसकेको छ। वडानम्बर १ का अध्यक्ष टंकबहादुर थापाका अनुसार १३ वर्षीय चापा विष्टलाई सर्पले डसेपछि दुई दिन जिल्ला अस्पताल डोटीमा राखेर घर लगिएको छ।
एक साताअघि नै सर्पकै डसाइबाट बिरामी भएकी पूर्वीचौकी १ कै १५ वर्षीया अनिता खड्काको भने जिल्ला अस्पताल डोटीमा उपचार सम्भव भएन। उनलाई दिपायल हुँदै धनगढीको अस्पताल पुर्याएर उपचार गरिएको छ।
ुउपचार गरेर उनी गाउँ फर्किसकिन्, वडाध्यक्ष थापाले भने, ुएम्बुलेन्सलाई भाडासमेत गर्दा ४० हजार जति खर्च भयो होला।ु
सर्पले डसेपछि तुरून्तै अस्पताल नलैजाँदा यहाँका बिरामीहरुको अल्पायुमै मृत्यु हुने गरेको छ ।
स्थानीयहरू झामीझाँक्री बोलाएर पहिले झारफुकतिर लाग्छन्। झारफुकबाट निको नभएपछि बल्ल अस्पताल पुर्याउने गर्छन्। सर्पले डसेर बिरामी भएकी अनितालाई पनि ढिला गरी अस्पताल लगिएको थियो।
डोटी अस्पतालले उनको शल्यक्रिया गर्नुपर्ने र जनशक्ति नभएको भन्दै धनगढी अस्पताल रिफरु गरिदिएको थियो। डोटीबाट धनगढी जाने क्रममा बिरामीका आफन्तले निजी अस्पतालमा पनि उपचार गराउने कोशिश गरे।
ुजिल्ला अस्पतालमा २४ घण्टा राखेर धनगढीका लागि रिफर गरेपछि बिरामी हाम्रो अस्पतालमा ल्याएका थिए, शैलेश्वरी अस्पतालमा कार्यरत डाक्टर ललित राईले बताए, घाउ लामो समयसम्म बाँधेर राखेकाले प्रेसर ठीक छैन। घाउ झन् सुन्निँदै जान सक्छ भनेर छिटो धनगढी लैजानुस् भन्ने सुझाव दिएको हो।
यसबीचमा बिरामीका आफन्तले धनगढी जान एम्बुलेन्स खोजे। एम्बुलेन्स आउन समय लाग्ने भएपछि झारफुक गर्ने मान्छेको खोजी हुन थाल्यो।
खबर पाएपछि दिपायल सिलगढी नगरपालिका १ का वडाध्यक्ष बहादुर खड्का नै झारफुक गर्न आइपुगे। दुइटा अस्पतालले उपचार गराउन नसकेर धनगढी ुरिफरु गरिएकी अनितालाई वडाध्यक्ष खड्काले आधा घण्टासम्म झारफुक गरेका थिए।
ुवडाध्यक्ष यसबारे जानकार हुनुहुन्छ भनेर साथीहरूले मलाई चियाको दोकानबाट उठाएर बिरामी भएको ठाउँमा लगेका हुन्, खड्काले बताए, एम्बुलेन्स नआउञ्जेल आधा घण्टा मन्त्र भनेर सहयोग गरिदिएको हुँ।ु
उनले सर्पले डसेको उपचार अस्पतालमा हुने भएकोले धनगढी जान सुझाव दिएको बताए।
ुनिको हुन्छ भन्ने ग्यारेन्टी लिन सक्दिनँ, एम्बुलेन्स नआउन्जेल झारफुक गरिदिन्छु भनेर गरेको हो,ु उनले भने, ुहिजोआज जमना फेरिइसकेको छ। पहिले त झारफुकबाटै मैले २०, २५ जना सर्पले डसेका बिरामीलाई निको बनाइदिएको हुँ। एक जनाले पनि ज्यान गुमाएका थिएनन्।
सर्पले डसेको हात सुन्निँदै गएपछि पाक्छ कि भनेर बिरामीका आफन्त डराएकोले सहयोग गरेको उनले बताए।
मन्त्र भनेर सहयोग गरेको र स्याली झारले फुकिदिएको हो।
सर्पले डसेका बिरामीलाई अस्पताल लैजान सुझाव दिने गरेको दाबी पनि उनले गरे। घटना सामान्य भए पनि झारफुकका बेलामा एक जना पत्रकारले फोटो खिचेकोले चर्चा भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: