Swornakshar Logo

सुनको भाउ उकालो लाग्ने क्रम जारी, तोलामा १५ सय बढ्यो

काठमाडौँ । सुनको भाउ उकालो लाग्ने क्रम बुधबार पनि चलेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो भाउ अहिलेसम्मकै महंगो हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो । भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महंगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ । अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महंगो भएको हो । यसैबीच भाउ महंगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ ।