फिफा वर्ष खेलाडीः मेस्सी, रोनाल्डोसहित को को परे मनोनयनमा ?

१५ साउन । एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । बुधबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै विधाका लागि १०(१० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
फिफा वर्ष खेलाडी पुरुषको मनोनयन अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, नेदर्ल्यान्डस तथा लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक, सेनेगल तथा लिभरपुलका साडियो माने, इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह, फ्रान्सका केलियन एम्बाप्पे, नेदरल्यान्ड्सका स्टार खेलाडी डी योङ, डी लिक्ट, इङ्ल्यान्डका स्टार खेलाडी ह्यारी केन र बेल्जियमका स्टार खेलाडी इडेन हजार्ड परेका छन् ।
त्यस्तै महिला खेलाडीको मनोनयन पनि आज नै सार्वजनिक भएको थियो । उत्कृष्ट पुरुष तथा महिला प्रशिक्षकको मनोनयन पनि आजनै सार्वजनिक भएको हो ।
फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्: