Swornakshar Logo

गुल्मीको सत्यवतीमा पहिरोमा पुरिएका १३ जनाकै शव भेटियो, ६ सयभन्दा बढी विस्थापित

 सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएका १३ जनाकै शव निकालिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनाकै शव निकालेर परिवारको जिम्मा लगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर हराइरहेकी लिम्घाकी ८ वर्षीया तारा विकको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान निकालेको हो ।

गएको सोमबार राति वर्षापछि आएको पहिरोका कारण सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन् । विस्थापित भएकाको तत्कालका लागि अस्थायी क्याम्प निर्माण गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो ।