Swornakshar Logo

नेपाल तरुण दलद्धारा बालगृहलाई खाद्यन्न सहयोग

१९ असार । हेटौंडा । हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा तरुण दल मकवानपुरले बालगृहमा एक महिनासम्मलाई पुग्ने खाद्यान्न सहयोग गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघले केही समयअघि आयोजना गरेको औद्योगिक व्यापार मेलामा तरुण दलले सहयोग गरेबापत पाएको पारिश्रमिकबाट बालगृहमा खाद्यान्न सहयोग गरिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।

तरुण दलले बालगृहमा चामल, दाल, तेल, मसला, नुन, आलु, प्याज, लसुनलगायतका खाद्यान्न समाग्री सहयोग गरेको हो । तरुण दलका अध्यक्ष पाठकले बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । अध्यक्ष पाठकको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा नेपाल तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् पार्टी निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य अमृता थापा, इन्दिरा न्यौपाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट, कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गानालगायतको आतिथ्यता रहेको थियो ।