Swornakshar Logo

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन

२ असार । काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । मोर्सी ६७ वर्षका थिए ।

इजिप्टका सञ्चार माध्यमका अनुसार अदालतमा बयानका उपस्थित भएपछि मोहम्मद मोर्सी बेहोस् भएका थिए । मोर्सी इजिप्टका प्रथम निर्वाचित राष्ट्रपति थिए ।

सन् २०११ को अरब आन्दोलनपछि मोर्सीले इजिप्टमा रहेको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाएका थिए । तर ४ वर्षे शासन पूरा गर्न नपाउँदै मोर्सीले सेनाको कूका कारण सन् २०१३ मै सत्ताच्यूत हुनु परेको थियो ।