लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रण गर्ने क्रममा पोखरामा प्रहरीले गोली चलायो

कास्की । पोखरामा लागुऔषध कारोबारमा संलग्न रहेका एकजनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । कास्कीको लेखनाथ नगरपालिका वार्ड नम्बर १० मा प्रहरीले गोली चलेको हो ।
प्रहरीको गोली लागेर घाईते हुनेमा गोविन्द थापा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
उनको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिएका छन् ।
थापा विगतको समयबाट नै लागुऔषध कारोबारमा संलग्न रहेको थिए । आज पनि लागुऔष बोकेर हिडेको गोप्य सुचनाको आधारमा उनलाई नियन्त्रण लिने क्रममा उल्टै प्रहरी माथि गोली चलाएपछि प्रहरीले जवाफी कार्वाही गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: