Swornakshar Logo

घर जग्गा ब्यवसायी संघको जिल्ला सम्मेलन १८ गते हुने

१६ जेठ । हेटौँडा । मकवानपुर घर जग्गा ब्यवसायी संघको पहिलो जिल्ला सम्मेलन १८ जेठमा हुने भएको छ । संघको तदर्थ समितिले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेठ १८ गते पहिलो जिल्ला सम्मेलन गर्ने जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष धु्रव घिमिरेले नेपाल सरकारले घरजगा ब्यवसायी प्रति हेर्ने दृष्टिकोणका परिवर्तन नगर्दा आफुहरुले समस्या भोग्नु परेको बताए ।
नेपालमा अझैपनि घरजग्गा ब्यवसायीलाई दलालको रुपमा हेर्ने गरिएको भन्दै उनले दुख ब्यक्त गरे । आफुहरुले करोडौ लगानी गरेर काम गर्दा पनि सरकारले नीतिगत समस्या पारिदिएको उनको भनाई रहेको छ ।

संघको शनिबार हुने पहिलो अधिवेशनले १५ सदस्यीय जिल्ला कमिटि निर्माण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कार्यक्रममा घरजग्गा ब्यवसायी कमल मैनालीले आफुहरु एकिकृत नहुँदा समस्याको विषयमा एकिकृत ढंगबाट बोल्ने फोरम नभएकोले पनि संघको आवश्यक्ता महशुस गरिएको बताए ।
मकवानपुरमा घरजग्गा यवसायमा १ अर्व बढि रकम लगानी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।