Swornakshar Logo

सर्लाहीमा नगरपालिकाको कार्यालयमा बम विस्फोट

जेठ १३ । सर्लाही – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएका छन् ।

आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विस्फोट गराइएको हो । विस्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीनवटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिनुभयो ।

विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।