Swornakshar Logo

त्रिशूलीमा बस खस्यो, पाँचजनाको मृत्यु, २८ घाइते

५ जेठ । धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खसेको छ । मृत्यु हुनेमा चाार पुरुष र एक महिला रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।
दुर्घटनामा २८ जना घाइते भएकाछन्। घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यकोस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।