Swornakshar Logo

पत्रकार सम्मेलनबाटै विप्लव समूहका विद्यार्थी अध्यक्ष गिरफ्तार

२७ बैशाख । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो । शैक्षिक सुधारका लागि १४ बुँदे मागसहित विद्यार्थीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।