Swornakshar Logo

म कार्ल मार्क्स जस्तै हुँः प्रचण्ड

२२ वैशाख । काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कार्ल मार्क्सजस्तै भएको बताएका छन् । कार्ल मार्क्स दुई शतवार्षिकी कार्यक्रममा प्रचण्डले परिस्थितिअनुसार बदलिन सक्ने भएकोले आफूलाई मार्क्ससँग तुलना गरेका हुन् ।

मार्क्सले आन्दोलन कमजोर भएको बेलामा पुस्तकालय गएर अध्ययनतिर लागेको संस्मरण गर्दै प्रचण्डले आफूले पनि क्रान्तिको नेतृत्व फरक फरक भूमिका निर्वाह गरेको तुलना गरे ।

कार्ल मार्क्सको २०१औं जन्मजयन्तीको अवसरमा उनले आफूलाई कतिपयले अस्थिर भनी गरेको टिप्पणीलाई यसरी जवाफ फर्काएका हुन् । जनयुद्धको प्रयोग पनि मार्क्सवाद संगत भएको तर्क दिँदै शान्ति प्रक्रियामा नआएको भए माओवादी समाप्त हुने उनले बताए ।

उनले मुलुक समाजवादी यात्रामा रहेको भन्दै पुँजीवादी भ्रममा नपर्न पनि आग्रह गरे । पार्टी एकताको बाँकी काम दुईचार महिनामै सबै टुंगिने पनि अध्यक्ष दाहालले बताए ।