Swornakshar Logo

श्रीलंकाका श्रृखलाबद्ध विस्फोट,एक सय ५ जनाको ज्यान गयो

एजेन्सी
८ वैशाख । काठमाडौ । आइतबार बिहान श्रीलंकामा तीन वटा चर्च र एक होटलमा श्रृखलावद्ध विस्फोट भएका छन् । इसाई धर्मावलम्बीहरुको मुख्य पर्व ईस्टर सण्डे चलिरहेको समयमा चर्च र होटलमा विस्फोट हुदा एक सय ५ जनाको ज्यान गएको छ । २ सय घाइते भएको समाचारमा जनाइएको छ ।


घाइतेहरुको कोलम्बोका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विस्फोट सेन्ट एंन्टिनियो चर्चमा भएको छ । जहाँ हजारौ मानिस ईस्टरको प्राथनाकोलागि जम्मा भएका थिए ।
विस्फोटपछि सुरक्षा व्यवस्था कडा गरेको विविसीले जनाएको छ । घटनास्थलमा राहत र बचाउ कार्य जारी राखेको छ । अहिले सम्म यी घटनाको जिम्मेवारी कसैले नलिएको समाचारमा जनाएको छ ।