Swornakshar Logo

दिल्लीबाट काठमाण्डौ आउदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामग्री बरामद

शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाण्डौ आउदै गरेको बसमा ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ ।

दिल्लीबाट काठमाण्ठौ आउदै गरेको ना ५ ख ७२४५ नम्बरको बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको बेश क्याम्पका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक डिएसपी नेत्र केसीले जानकारी दिए ।

उहाँले शंका लागेर राती बस चेकजाँचको क्रममा उक्त समानहरु फेला परेपनि बसलाई भने छोडीएकोबताए । तर बिहान समान जाँच गर्ने क्रममा डिटोनेटर फेला परेपछि उक्त बसलाई अहिले नवलपरासीमा नियन्त्रणमा लिईएको जानकारी दिए । फेला परेको समानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भैरहेको डिएसपी केसीले बताए ।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बम बनाउन प्रयोग हुने सामाग्रीहरु रहेको भन्ने जानकारी आएको बताए।