Swornakshar Logo

आँधी प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई विप्लवको निर्देशन

१८ चैत । काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गए राती आएको भिषण आँधी –हुरी सहितको असिना पानीका कारण मृत्यु हुने, घाईते हुनुका साथै ठूलो जनधनको क्षति भएकोप्रति विप्लवले प्रेस विज्ञप्ती जारी गदै सिङगो पार्टी निकै दुखि बनाएको भनिएको छ ।
विज्ञप्तीमा आफ्नो सम्पूर्ण पार्टी पक्ति र जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई उद्धारमा लाग्न भनिएको छ ।
प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबै प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गदै परिवारलाई गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरीएको छ ।
यो दुखको घडिमा मृतकका परिवारहरुलाई र घाइतेको शिघ्र उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरुको व्यवस्थापनको माग गरिएको छ ।