Swornakshar Logo

नेपालमा डढेलो प्रकोपको संकेत स् एकैदिन १८७० ठाउँमा डढेलो

सामान्यतया वैशाख दोस्रो सातादेखि डढेलोका घटना बढ्ने गरेकामा यसपालि यसले चैतमै प्रकोपको रूप लिएको छ । बस्तीछेउ, निकुञ्ज–आरक्षका जंगलमा धेरै डढेलो देखिएको छ । मुलुकमा चैतदेखि जेठसम्म बढी डढेलो लाग्छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण समाजका अध्यक्ष सुन्दरप्रसाद शर्माले शुक्रबार बेलुकी ५ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म देशभरि १ हजार ८ सय ७० ठाउँमा डढेलो लागेको जानकारी दिए ।

धेरै डढेलो चुरे क्षेत्रमा देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको ‘मोडिस’ भू–उपग्रहले ५४ जिल्लाका डढेलो तस्बिरमा कैद गरेको हो । ‘मोडिस’का अनुसार सबभन्दा बढी डढेलो उदयपुर, पर्सा, सिन्धुली, धनुषा, बारा, रौतहट, चितवन, नवलपरासी, चितवन र सर्लाहीमा देखिएको हो।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने कम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर तापक्रम बढिरहेको छ । शनिबार अधिकतम तापक्रम ३३।३ डिग्री ९डडेलधुरा० सम्म रेकर्ड भएको छ । डढेलो धेरै लागेका प्रदेश १ र २ का जिल्लामा पनि अधिकतम तापक्रम ३१।७ ९मोरङ० सम्म छ ।

‘यस वर्ष चैतमै डढेलोको अवस्था देखेर हामी अचम्मित छौं,’ शर्माले भने, ‘यसले यस वर्ष धेरै डढेलो प्रकोपको संकेत गरेको छ । नियन्त्रणका लागि तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।’ ९ वर्षअघि डढेलोबाट सबभन्दा बढी क्षति भएको थियो । सन् २००९ अप्रिल २५ मा देशका ३ सय ५८ स्थानमा डढेलो लागेको थियो । त्यसमा परेर ४९ जनाको ज्यान गएको थियो भने कयौं घाइते थिए । डढेलो निभाउने क्रममा रामेछापमा १३ सैनिकको ज्यान गएको थियो।

त्यसपछि सन् २०१६ को डढेलोमा ११ जनाको ज्यान जानुका साथै त्यति नै संख्यामा घाइते भएका थिए । त्यस वर्ष १३ लाख हेक्टर वन डढेको सरकारी तथ्यांक छ । सन् २०१७ मा भने प्रि–मनसुन छिटो सक्रिय भएकाले डढेलो फैलन पाएन । डढेलोविज्ञ शर्माका अनुसार नेपालमा ६४ प्रतिशत नियतवश, ३२ प्रतिशत लापरबाही र ४ प्रतिशत अन्य कारणले डढेलो लाग्ने गरेको छ । ‘वर्षैपिच्छे डढेलोले धेरै क्षति गरे पनि सरकारले नियन्त्रण र नियमनमा खासै ध्यान दिएको देखिन्न,’ सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन की अध्यक्ष भारती पाठकले भनिन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।