Swornakshar Logo

मिस फेस अफ हेटौंडाकी सफलता बिजेता

३ चैत्र । हेटौडा । मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछी पार्दै सफलता नेपाली बिजेता घोषित भएकी छिन् । हेटौंडामा शनिबार राती सम्पन्न प्रतियोगिताको फाईनलमा १६ वर्षिया सफलता नेपालीले उपाधी हात पारेकी छन् ।

मिस फेस अफ हेटौंडाको उपाधीसँगै थाहा नगर ३ पालुङ्गकी उनले नगद २० हजार र उपहार पाईन् । प्रतियोगितामा सुजिना तामाङ फस्ट रनरअप र बसन्ती तितुङ सेकेण्ड रनरअप भईन् । तामाङले आकर्षक उपहार पाईन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाईस उपाधी र मिस फोटोजेनिक टाईटल पनि हात पारिन् ।

६ टाईटल उपाधी प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङले मिस बेस्ट स्कीन, दिप्सी भुसालले मिस हेयर, मोनिका ढकालले मिस बेस्ट कन्फीडेन्ट, सरुना ढुङ्गानाले मिस बेस्ट डिसिप्लीन टाईटल जित्न सफल भए ।

युवतीहरुको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तिकरण गर्ने उदेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए । लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाईनल प्रदेश नम्बर ३ की सांसद जुनेली श्रेष्ठको प्रमुख अतिथ्यमा भएको थियो ।

मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्दाम हुसेन, संकेत बस्याल र अनमोल जंग क्षेत्री निर्णायक रहेका थिए ।