Swornakshar Logo

दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु

३ चैत । बुटवल । पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासीको कावासोतीस्थित खरकट्टा जङ्गलमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार कावासोती नजिकै खरकट्टा जङ्गलमा बिग्रिएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएका हो ।
दुर्घटनामा मृत्यु हुनेमा दाङका १८ वर्षीय अनराम रखाल मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा दाङकै ३० वर्षीय सुदिप राई र २३ वर्षीय विनोद लामा गम्भीर घाइते भएका छन् । घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।