Swornakshar Logo

१६ फागुन । काठमाडौं ।  बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं लगिएको छ । नेपाली सेनाका दुई वटा र एअर डाइनेस्टीको एक हेलिकप्टरमार्फत शव काठमाडौं ल्याइदै छन् ।

बिहानै शव काठमाडौं ल्याउने तयारी भएपनि खराव मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपनि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । सेनाले बाँकी तीन जनाको शव आज बिहान सुकेटार विमानस्थल ल्याइपु¥याएको थियो ।

मन्त्री अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरू सबै शवको विमानस्थलमा मुचुल्का गरी काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

अब शवहरू विमानस्थलबाट पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिनेछ भने त्यसपछि श्रद्धान्जलीको लागि टुँडिखेल राखिनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।