Swornakshar Logo

ललितपुर बम विस्फोट प्रकरणः ६ जना पक्राउ

११ फागुन । काठमडाौं । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अहिले सम्म ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले बताए । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।
धानुकले भने ‘घटनामा संलग्न रहेको आशंकामा हिजो रातीनै ६ जनालाई पक्राउ गरीएको छ । अनुसन्धान भइरहेको छ ।’
घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइतेको ललितपुरको मेठिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ । अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ ।