Swornakshar Logo

कैदीद्धारा घाँटी रेटेर आत्म हत्याको प्रयास

१० फागुन । गुल्मी । जिल्ला कारागार गुल्मीका एक कैदीले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । छत्रकोट गाउँपालिका २ का ३२ बर्षीया रुक बहादुर राकशकोटीले ब्लेडले घाँटी रेटेका छन् ।

उनलाई बुधबार कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत गुल्मीबाट २० बर्ष कैद सजायँ सुनाइएको थियो । फैसलापछि उनलाई प्रहरीले कारागार लगेको थियो ।

कारागारको गेटमै उनले नियोजित रुपमा ब्लेडले घाँटी रेटेको कारागार प्रमुख उद्धव पन्थीले बताए । उनले बिहान दारी फालेको ब्लेड गोजीमै राखेको र फैसला सुनेर फर्केपछि आत्महत्याको प्रयास गरेको प्रमुख पन्थीले बताए ।

रुक बहादुरको घाँटीमा १० वटा टाँका लगाइएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले उपचारपछि कारागारनै फर्काइएको छ । रुक बहादुरले २ साउन २०७५ मा स्थानीय ३४ बर्षीय शेर बहादुर राकशकोटीलाई घरमै गएर कुटपीट गरेका थिए ।

कुटपिटपछि घाइते शेर बहादुरको भोलिपल्ट मृत्यु भएको थियो । आफन्तको उजुरीको आधारमा उनलाई प्रहरी ३ साउनमा गिरफ्तार गरि जिल्ला अदालत पेश गरेको थियो ।

जिल्ला अदालत गुल्मीबाट १८ साउनमा राकशकोटीलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो ।