Swornakshar Logo

६ सचिवको सरुवा, को कहाँ भए सरुवा

८ फागुन । काठमाडौं । नेपाल सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको बझिएको छ । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरीएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरेको छ।

खानेपानी तथा सरसफाइ मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।
प्रधानमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा र रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।
सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।