Swornakshar Logo

मुलुक रुपान्तरण गर्न सम्भावनाको ढोका खुलेको छः राष्ट्रपति भण्डारी

७ फागुन । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक रुपान्तरणका लागि पर्याप्त सम्भावनाको ढोका खुलेको भन्दै यसको सदुपयोग गर्न दलहरुलाई आग्रह गरेकी छन् ।

मंगलबार निर्वाचन दिवसको कार्यक्रममा उनले राजनीतिक संक्रमणकालको अन्त्य र स्थिर सरकार निर्माण भएकाले मुलुक रुपान्तरणको सम्भावनाको ढोका खुलेको बताएकी छन् ।

‘तीनै तहको निर्वाचन भई स्थिर सरकार बनेकाले, सामाजिक आर्थिक रुपान्तरणको पर्याप्त संभावनाको ढोका खुलेको छ’ उनले भनिन् ‘यसको सदुपयोग गरी समुन्नत बनाउन सबै राजनीतिक दलको साथ र सहकार्यको आवश्यकता छ ।’
स्थानीय तह, प्रदेश र संघको निर्वाचनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ भएको बताइन् ।
उनले निर्वाचनलाई अझै सरल र मतदातामैत्री बनाउदै लैजान पनि आयोगलाई सुझाव दिइन् ।