Swornakshar Logo

लुट्न सके लुट् कान्छा गीत जस्ताको त्यस्तै अपलोड गर्न प्रतिष्ठानको माग

५ फागुन । काठमाडौं । लुट्न सके लुट् कान्छा गीत जस्ताको त्यस्तै अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको माग
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीले जारी गरेको प्रेस विज्ञप्तीमा “पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ । कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनुभएको हो भने गीतलाई जस्ताको त्यस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछि आइपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनुपर्छ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ ।”

विज्ञप्तीमा कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दबाबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भ्रत्सर्ना गरेको छ । लोक गायक पशुपति शर्माको गीत सत्तारुढ दलको भ्रातृ संगठनको दबाबपछि युट्युबबाट हटाइएको थियो ।