सरकारी चिकित्सक संघले आन्दोलन गर्न देशभरका चिकित्सकलाई काठमाडौँ बोलायो

२३ माघ । काठमाडौं । सरकारी चिकित्सक संघले आन्दोलन गर्न देशभरका सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँ बोलाएको छ । ।
सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर गरिएको पत्रमा गएको पुसमा स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमित विपरित सरकार गएको हुँदा आन्दोलनको लागि काठमाडौँ बोलाइएको अपिल पत्रमा उल्लेख गरिएको छ ।
‘देश संघीयतामा गइसकेको र चिकित्सकको समायोजन गर्दा प्रत्यक्ष रुपमा चिकित्सक वर्गको बृत्ती विकास, सरुवा, बढुवामा समस्या लगायतको विषयमा मन्त्रालय र संघबीच भएको सहमति अनुसारनै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा भने सरकार मौन र सुस्त देखिएको हुदाँ आवाज उठाउनु पर्ने बेला आएको भन्दै चिकित्सहरुलाई काठमाडौँमा आउन आग्रह गरिएको जनाएको छ ।
सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएको खण्डमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने संघले चेतावनी दिएको छ ।
कर्मचारी समायोजन अनुसारनै जाने हो भने प्रदेश तथा स्थानीय तहमा समायोजन भएमा चिकित्सकको अध्ययन, तालिम, वृत्ती विकास आदिमा दीर्घकालिन प्रतिकुल असर पर्ने, हालको दरवन्दी तेरिज, संगठन संरचना र मार्यदाक्रम अनुरुप चिकित्सकहरु आफू भन्दा कनिष्ठ स्वास्थ्यकर्मी तथा तहगत हिसावमा कनिष्ठ अन्य कर्मचारी मातहत सदैव बस्नुपर्ने, चिकित्सकहरुलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा वढुवामा गम्भीर समस्या हुने उल्लेख गरिएको छ ।
सरकार र चिकित्सक संघबीच भएको सम्झौता
प्रतिक्रिया दिनुहोस्: