Swornakshar Logo

भेनेजुयलामाथि हस्तक्षेपः हामीले समाजवादको समर्थन गर्ने कि साम्राज्यवादको ?

नारायणकाजी श्रेष्ठ

१९ माघ । काठमाडौं । संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई अगाडि बढाउने प्रयत्न जारी छ र हामीले त्यसको विरुद्धमा अध्यक्ष कमरेड प्रचण्डले पार्टीको तर्फबाट वक्तव्य दिइसक्नु भएको छ र सरकारले पनि कुनै पनि देशमाथिको बाह्य हस्तक्षेपको विरुद्धमा आफ्नो वक्तव्य दिइसकेको छ ।

वास्तवमा भेनेजुएलामा भइरहेको सत्ता विरुद्धको जुन षडयन्त्रमूलक हर्कतहरु छन्, गतिविधिहरु छन्, त्यो साम्राज्यवाद र पुँजीवादको विरुद्ध भेनेजुएलाले आफ्नो सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्दै समाजवादको दिशातिर जान गरिरहेको प्रयत्नलाई असफल पार्न गरिएको कदम हो । वास्तवमा भेनेजुएलामा भएको अहिलेको घटनाको घटनाक्रम बाह्य हस्तक्षेपलाई हामीले दृढतापूर्वक विरोध गर्नुको पछाडि चारवटा कारणहरु स्पष्ट छन् ।

सम्पूर्ण देशहरु जे विश्वमा छन्, सबैको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको सम्मान गर्छौँ, सबैले त्यो गर्नुपर्छ भन्ने ठान्छौँ । कुनै पनि देशले कुनै पनि अर्को देशमाथि आक्रमण वा आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने त्यो राष्ट्रिय सार्वभौमिकता र स्वाधिनतामाथिको आक्रमण हो । र, त्यसको हामीले दृढतापूर्वक विरोध गर्छौं । यो हाम्रो पार्टीको र नेपाल सरकारको पनि सैद्धान्तिक प्रस्तावना हो । प्रिन्सिपल पोजिसन हो ।

त्यसै आधारमा नेपाल सरकारले जारी गरेको वक्तव्यमा अहिले भेनेजुएलामाथि भइरहेको हस्तक्षेपको विरुद्ध आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै बाह्य शक्तिद्धारा हस्तक्षेप हुनुहुँदैन भन्ने कुरालाई प्रस्तुत गरिएको छ भने हाम्रो पार्टीको तर्फबाट अध्यक्ष कमरेड प्रचण्डले प्रष्टरुपमा भेनेजुएलामा संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित सरकारका विरुद्ध जुन प्रकारको गतिविधि भयो, यसको विरुद्ध हामी छौँ र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध हामी छौँ भन्ने कुरा दृढतार्पूवक भन्नुभएको छ । त्यसैले हामीले यो आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुका पछाडि चार वटा कारणहरु छन् । म तिनलाई अझ ठोस रुपमा भन्न चाहन्छु ।

राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको विरुद्ध वैदेशिक हस्तक्षेपको कदम, जो त्यहाँ देखा पर्यो, त्यसको विरुद्धमा हो यो । यो खालि भेनेजुएलाको मात्रै कुरा छैन, जुनसुकै मुलुकलाई कुनै अर्को मुलुकले वाह्य हस्तक्षेप गर्छ त्यसको आन्तरिक मामिलामा भने त्यसको विरुद्धमा नै हामी बोल्नुपर्छ । यो हाम्रो पार्टीको, जो एउटा देशभक्तिपूर्ण आन्दोलनको पनि अगुवा हो, कुनै नयाँ नीति होइन, स्पष्ट नीति हो । त्यसैकारणले यसलाई अन्यथा, अरु के के न भयो, भन्ने हिसावबाट होइन, बरु यसबाट विचलित भएको भए के हुन लागेछ कम्युनिष्ट पार्टी भनेर सोच्नुपर्ने कुरा आउँछ । त्यसकारणले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य कुनै पनि मुलुकले हस्तक्षेप गर्छ भने त्यो हस्तक्षेपका विरुद्ध वा त्यसप्रकारको कुनै गतिविधिका विरुद्ध दृढतापूर्वक उभिनु कुनै पनि देशको कम्युनिष्ट पार्टीको, कुनै पनि देशका देशभक्तहरुको, न्यायपूर्ण शक्तिहरुको कर्तव्य हुन आउँछ । हामीले त्यहीँ कर्तव्य र जिम्मेवारी अनुसार नै त्यहाँ भएको बाह्य हस्तक्षेपको विरोध गरेका हौँ ।

दोश्रो कुरा, लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिको पक्षमा उभिएर लोकतनत्रको नाममा निरंकुशता लाद्ने फाँसीवाद लाद्ने शक्ति र प्रवृत्तिको विरुद्ध पनि हामी उभिएका हौँ र उभिनु पनि पर्छ ।
भेनेजुएलामा लोकतान्त्रिक विधिवाट, निर्वाचनबाट निकोलस मादुरो राष्ट्रपति निर्वाचित हुनुभयो । संवैधानिक रुपले शपथ ग्रहण गर्नुभयो । त्यस पछाडि योजनावद्ध रुपमा गोएँदोलाई उभ्याएर अर्को राष्ट्रपति घोषणा गराएर जसरी त्यसलाई मान्यता दिन खोजियो, त्यसले के देखाउँछ भने साम्राज्यवादी र पुँजिवादी शक्तिहरुको सामान्य अवस्थाको लोकतन्त्र मात्रै हो । विशेष अवस्थामा आफ्नो वर्ग स्वार्थलाई सर्वोपरि राखेर उनीहरुले लोकतन्त्रलाई च्यातच्यूत पार्छन् भन्ने कुरा त्यहाँ देखा परेको छ ।

त्यसकारण त्यहाँ वास्तवमा लोकतन्त्रका निम्ति भेनेजुएलामा हस्तक्षेप होइन, लोकतन्त्रको विरुद्ध भेनेजुएलामा हस्तक्षेप हो । त्यसकारण लोकतान्त्रिक विधिवाट, संवैधानिक रुपले निर्वाचित सरकारको विरुद्ध असंवैधानिक र अलोकतान्त्रिक ढंगले त्यहाँ कुनै गतिविधि गर्ने प्रयत्न भइराखेको छ । त्यसको योजना बनाउनु र त्यसलाई उत्साहित बनाउने भनेको लोकतन्त्रका विरुद्ध हस्तक्षेप पनि हो । त्यसकारणले हामीले त्यसप्रकारको लोकतान्त्रिक विधि, पद्धति, मान्यता र संवैधानिक रुपमा जो निर्वाचित सरकार छ त्यसको विरुद्धमा भएको हस्तक्षेपलाई लोकतन्त्रको विरुद्धको हस्तक्षेप ठान्छौँ, त्यसकारणले पनि हामी त्यसका विरुद्ध उभिएका हौँ।

तेश्रो कुरा, यो विचारधारा र वर्गको लँडाईको कुरा पनि हो । यसप्रकारको हस्तक्षेप र षडयन्त्र किन गरिँदैछ । अमेरिकी साम्राज्यवादले भेनेजुएलालाई टिक्न नदिने प्रयत्न गरेको अहिले होइन । सम्पूर्ण घेराबन्दी, षडयन्त्रका विरुद्ध जनताको बलमा समाजवादको दिशामा उन्मुख हुँदै भेनेजुएलाले त्यहाँको समाजवादी पार्टीको नेतृत्वमा आफ्नो अग्रगमनको यात्रालाई अगाडि बढाइराखेको छ । त्यहाँ एउटा समाजवादी विचारधारा छ । त्यहाँ एउटा श्रमजीवी वर्गको स्वार्थ छ । समाजवादी विचारधारा र कम्युनिष्ट पार्टीका विरुद्ध पुँजीवादी विचारधारा र साम्राज्यवाद, पुँजीवादको पक्षमा गरी दुईको बिचमा एउटा ठूलो संघर्ष चलिराखेको छ ।

त्यसकारण हामीले के बुझ्नु जरुरी छ भने यो भनेजुएलामाथिको हस्तक्षेप वास्तवमा समाजवादी विचारधारा र श्रमजीवी जनता विरुद्धको अभियान हो । यस्तो समयमा हामीले कस्को पक्षधरता लिने रु समाजवादी चिन्तन र श्रमजीवी जनता अथवा साम्राज्यवादी, पूँजिवादी धाराको बिचमा कसको पक्षधरता लिने, यो हाम्रो लागि गम्भिर महत्त्वको प्रश्न हो । सामान्यतया एउटा देशले अर्को देशलाई गर्ने हस्तक्षेपका विरुद्धमा त हामी रहन्छौं तर यो पश्न कहाँनेर आयो भने भेनेजुएलामाथि किन हस्तक्षेप गर्यो त भन्दा साम्राज्यवाद र पुँजीवादको विरुद्ध उ लड्यो, उठ्यो र टिक्न खोज्यो, त्यसकारणले हस्तक्षेप गरियो । त्यसैले यो वर्ग र विचारधाराको लँडाई पनि हो । यसमा हामी साम्राज्यवाद विरुद्ध समाजवादी विचारधारा र श्रमजीवी वर्गको पक्षमा उभिन जरुरी छ, उभिन्छौं, उभिनैपर्छ ।

चौथो कुरा, यो युद्ध र शान्ति, कसको पक्षमा उभिने भन्ने पनि हो । साम्राज्यवाद भनेको युद्ध हो भनेको कुरा कहिलेकाँही हामीलाई लाग्छ धेरै पुरानो भयो । लेनिनले परिभाषित गर्नु भयो कि साम्राज्यवाद अन्ततः युद्ध हो भनेर । सामान्यतयाः अहिले त त्यस्तो स्थिति छैन भन्ने लाग्छ । किनभने, शोषणका रुप र तरिकाहरु नयाँ नयाँ आएको हुन्छ । अहिले जुन प्रकारको नवऔपनिवेशीकरणको प्रकृया, नवउदारवाद अन्तर्गत अगाडि बढिराखेको छ त्यसले आम रुपमा युद्ध मुख्य होइन, युद्धको स्थिति अन्त्य भैसक्यो जस्तो लाग्छ । तर, अन्ततः साम्राज्यवाद युद्ध हो, त्यसले कुनै न कुनै निर्णायक घडीमा आफ्नो वर्गका निम्ति, साम्राज्यवादको स्वार्थका निमित्त युद्ध रोप्छ । त्यसकारण यो अहिले भेनेजुएलामा भएको हस्तक्षेप शान्तिको विरुद्धमा र युद्धको पक्षमा छ । त्यसकारण हामी किन त्यसको विरुद्धमा छौं र भेनेजुएलाको पक्षमा ऐक्यबद्धता प्रर्दशन गरिराखेका छौँ भने हामी शान्तिको पक्षमा छौँ । शान्तिलाई बिथोलेर युद्ध आरोपित गर्ने र त्यो युद्धलाई कुनै न कुनै तरिकाले मलजल गर्ने, जो षडयन्त्र भइराखेको छ, त्यसको विरुद्धमा हामी छौं ।

त्यसकारण यी चार कारणहरुले गर्दा भेनेजुएलामा भएको हस्तक्षेपको विरुद्धमा हाम्रो पार्टी छ । हामी त्यसमा दृढतापूर्वक उभिन्छौँ ।

कतिपय मानिसहरुले, कतिपय कम्युनिष्ट भन्नेहरुले नै भनिराखेको देख्छु, यति टाढाको देशको बारेमा किन बोल्नुपर्यो भन्ने पनि देखिन्छ । तर कुरो टाढा र नजिकको होइन । कुरो मूल्यको हो, दृष्टिकोणको हो । कुनै पनि देशले अर्को देशमाथि हस्तक्षेप गर्न पाउने कि नपाउने रु नजिकको भए विरोध गरौँला, टाढाको भए विरोध नगरे पनि हुन्छ, खाइदिए पनि हुन्छ भन्छौँ र हामी रु यो लोकतन्त्रको पक्षमा उभिने कि नउभिने रु हरेक देशको जनताले आफ्नो फैसला आफैले गर्न पाउने, लोकतान्त्रिक निर्वाचनको माध्यमबाट आफ्नो सरकार बनाउने अधिकार हुन्छ भनेर भन्छौँ कि भन्दैनौँ हामी रु

एउटा देश (भेनेजुएला) जो तेश्रो चरणको समाजवाद निर्माणको अभियानको नेतृत्व गरिराखेको छ । पहिलो चरणमा पेरिस कम्युनमा शुरु भयो, त्यो सफल हुन सकेन अथवा त्यतिखेरका कम्युनिष्ट क्रान्तिकारीहरुले त्यसलाई सफल पार्न सकेनन् । दोश्रो चरणमा लेनिनको नेतृत्वमा रुसमा वोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादको स्थापना भयो । त्यो समाजवादको यात्रा लामो समयसम्म अगाडि बढ्यो । त्यहीँ चरणमा चीन, भियतनाम, कोरिया, क्युवा लगायतका देशहरुले समाजवादको झण्डा उठाए र समाजवादी अभियानमा अगाडि बढे । भलै पछिल्लो अवस्थामा रुसले नेतृत्व गरेको समाजवाद र कतिपय त्यही प्रकृतिका समाजवाद ढले । कतिपय अन्य देशहरुमा पनि त्यही प्रकारको समाजवादको झण्डा विश्वमा उठ्यो । विश्वमा एउटा महाअभियान अगाडि बढ्यो । त्यो समाजवाद स्थापनाको अभियान मात्र थिएन, साम्राज्यवाद विरुद्धको पनि ठूलो अभियान थियो ।

विशेषतः १९९० को दशकमा रुसमा समाजवादको पतन र शोभियत संघको विघटन भयो । अन्य देशहरुमा पनि समाजवादी सत्ताको पतन भयो । अब नयाँ तरिकाले समाजवादलाई कसरी अगाडि बढाउने भन्ने सवालमा थुप्रै देशमा नयाँ बहस र छलफल अगाडि बढेको छ । तर भेनेजुएला त्यस्तो देश हो जहाँ ह्युगो चावेजको नेतृत्वमा, त्यहाँको युनाइटेड सोसलिष्ट पार्टीको नेतृत्वमा समाजवादको नयाँ अभियान अगाडि बढ्यो ।

अहिले त्यसपछाडि हाम्रो देश नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादको नयाँ अभियानमा अगाडि बढ्न खोज्दैछ । तेश्रो चरणमा मौलिक ढंगले समाजवादको झण्डा उठाएर साम्राज्यवाद र पुँजीवादका विरुद्ध अगाडि बढ्ने देश भेनेजुयला नै हो । त्यसकारणले त्यो विचारधारा र वर्गको पक्षमा हामी उभिने कि नउभिने रु आज हाम्रो अगाडिको प्रश्न यो हो । टाढा र नजिकको प्रश्न होइन ।

हामी नेपालमा ठूलो द्वन्द्व पछाडि शान्ति प्रकृयामा आएका छौँ । हाम शान्ति चाहन्छौँ भने विश्वमा साम्राज्यवादले युद्ध थोपर्न खोज्छ भने युद्धको विरुद्ध शान्तिको पक्षमा हामी उभिन्छौं कि उभिँदैनौ रु त्यसकारण नजिक वा टाढा भन्ने कुरै होइन, प्रश्न यी मूल्यहरुको हो । यसका आधारमा भेनेजुयलामा भएको राज्य विप्लव ‘कू’को विरुद्ध, त्यसको पछाडि भएको साम्राज्यवादी हस्तक्षेपको विरुद्ध दृढतापूर्वक उभिन्छौँ, उभिनुपर्छ । भेनेजुएलामा लोकतान्त्रिक समाजवादी चुनावको माध्यमबाट निर्वाचित समाजवादी पार्टीले नेतृत्व गरेको सरकारको पक्षमा हामी छौँ र सोही सरकारको पक्षमा ऐक्यवद्धता जाहेर गर्न चाहन्छौँ ।
(२०७५ माघ १७ गते बुधवार साम्राज्यवाद विरोधी मोर्चाले राजधानीमा आयोजना गरेको ुभेनेजुएलासँग ऐक्यवद्धताु विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री क। नारायणकाजी श्रेष्ठले व्यक्त गर्नुभएको विचार ।ं)