Swornakshar Logo

हेटौँडामा १३ लाख रुपैँया बराबरको कपडा बरामद

१ माघ । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको कपाडा बरामद गरेको छ । प्रहरी निरिक्षक मधुकुमार थापाको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नंंबर ४ बाट उक्त कपडा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
थापाको टोलीले विशेष सूचनाको आधारमा हेटौँठ।डा ४ स्थित नन्दस्थान रोड सडक खण्डको किनारमा भन्सार छलि, चोरी पैठारी गरी बिक्री बितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको अवस्थामा ७ वटा प्लास्टिकको बोरा भित्र विभिन्न साडि, कुर्ता र कोट लगाएतका कपडाहरु बरामद गरेको हो ।

उक्त बरामद भएको कपडाको हाल बजार मुल्य १३ लाख २४ हजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद भएको कपडालाई आवस्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पठाउने तयारी भैरहेको र कपडा ल्याउने ब्यक्तिको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।