Swornakshar Logo

वाइडबडी प्रकरण छानविन गर्न सरकारले बनायो ३ सदस्यीय न्यायिक आयोग

१९ पुस । काठमााडौं । बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वाइडबडी प्रकरण छानविनका गोविन्द प्रसाद पराजुलीको संयोजकत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गरेको छ ।
पराजुली पाटन उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हुन । उनको नेतृत्वमा चार्टर एकाउन्टेन्ट मदन शर्मा र पूर्व महान्याधिवक्ता नरेन्द्र पाठक रहेका छन् ।

समितिद्वयलाई वाइड बडी खरिद प्रक्रियामा भएको घटनाबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउनका लागि ४५ दिनको समय दिइएको छ ।

केहीबेर अघि नियमित पत्रकार सम्मेलनका संरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बास्कोटाले सरकारले छानविन समिति बनाउन सक्ने बताएका थिए ।