Swornakshar Logo

चिनले लगायो भिडियो गेममाथि प्रतिबन्ध

एजेन्सी  । ५ पुस । काठमाडौ । चिनले प्लेयर अनोन ब्याटलग्राउण्ड नामक गेममाथि प्रतिबन्ध लगाएको छ । यो गेममा झगडा, मारपिट,गोली प्रहार,हत्या यति धेरै छ कि जसका कारण धेरै मानिसहरुमा गलत प्रभाव पर्ने हुदा मानिसहरु बरबाद हुन थालेका थिए । यहि कारणले केहि दिन पहिला चिनले यो गेममाथि प्रतिबन्ध लगाएको छ ।
यो गेम नखेल्ने विश्वमा धेरै कम मानिस थिए । तर यो गेमलाई चिनले मन पराएन । यो गेममा झगडा धेरै छ । त्यहाँका युवा विद्यार्थीहरु आधाभन्दा बढी समय यो गेममा बिताउन थाले ।
चिनले प्रतिबन्ध लगाएको अर्को गेम हो फर्टनाइट । चिन सरकारले यो गेम माथि पनि प्रतिबन्ध लगाएको छ । चिन फर्टनाइट पनि प्रतिबन्ध भयो । यतिले मात्र नभएर चिनले अन्य २० वटा गेमलाई पनि वार्निङ दिएको छ । यी गेमलाई भनेको छ कि तपाईको गेममा धेरै कुरा परिवर्तन गर्नु होस । नत्र भने हामी यी सबै गेममाथि प्रतिबन्ध लगाउन बाध्य हुने छौ ।
प्लेयर अनोन ब्याटलग्राउण्डमाथि भारतको तमिलनाडु प्रदेशका विश्वविद्यालय, कलेज र स्कुलमापनि प्रतिबन्ध लगाएको छ । भारतको तमिलनाडुमा होस्टलमा बस्ने विद्यार्थीहरुले यो गेम धेरै खेलेका कारण प्रतिबन्ध लगाएको छ । यी विद्यार्थीहरु पढाइ छोडेर गेम खेल्थे । तीनका अभिभावकलाई पनि आफ्ना बालबच्चाहरुलाई यो गेम खेल्न नदिन सुझाएको छ ।
यो गेम खेलेर धेरै युवा विद्यार्थीहरु एडिक्सन(र्दुव्यसन) भएका छन् । यो गेम अब चिन र तमिलनाडुको मात्र विषय रहेन । यो विश्वभरी फैलदै छ । अब यो गेम चिन तमिलनाडुमात्र नभएर विश्वमा पनि प्रतिबन्ध हुने ंसंभावना रहेको छ ।