Swornakshar Logo

निर्मला हत्याकाण्ड , नक्कली मान्छे ल्याएर अनुसन्धान गर्दैैनौंः आईजीपीको

२४ मंसिर । काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने ३७ प्रतिशत बलत्कारका घटना अपरिचितबाट भएको देखिन्छ । अपरिचित भएको घटना प्रहरीको व्यावसायिक छवि, अनुसन्धानबाट पत्ता लागेको हो । परिचित व्यक्ति, साथी, छिमेकीबाटै ३३ प्रतिशत बलात्कारका घटना भएका छन् भने ४ प्रतिशत बलात्कार आफन्तबाटै भएको पाइएको छ ।
यी विषयभन्दा बाहिरका विषयमा सामाजिक संरचना सँगसँगै हामी सबैले सचेतनामूलक कार्यक्रमहरु लैजानुपर्छ । नेपाल प्रहरीले अहिले बालहिंसा, यौनहिंसा, लागुऔषध, महिला हिंसालगायतका विषय समेटर समुदायसँग मिलेर अगाडि बढ्न प्रहरी–समुदाय साझेदारी कार्यक्रम अघि सारेको छ । जहाँसम्म निर्मला पन्तको घटना छ, यो घटनाको अनुसन्धान जारी छ । हामी सबै चिन्ताका साथ अगाडि बढेका छौं । प्रहरी संगठन प्रमुखको हैसियतले मलाई तपाईंहरुसँग खुलेरै भन्नुपर्दा मलाई चिन्ता लागेर निन्द्रा पनि नलाग्ने अवस्था भएको छ ।

यस सम्बन्धमा के जानकारी गराउन चाहन्छु भने हाम्रो सामथ्र्यले जति गर्न सकिन्छ, अनुसन्धान गरिरहेका छौं । तर अनुसन्धानलाई प्र्रभावित हुने खालका गतिविधि पनि नभइदियो भने हामी यसलाई चाँडै नै एउटा परिणाममा हामी लैजान्छौं । नेपाल प्रहरीले अनुसन्धान गरेको सम्बन्धमा मैले नेतृत्व गरेको अवस्थामा कुनै पनि व्यावसायिकतामा एक रौं, एक कसूर पनि कतै गलत गरेको अवस्था छैन । गलत गर्न पनि दिइएको छैन । संगठन निरन्तर चल्ने हो । संगठन गतिशील छ । हिजो भएका घटनाहरु पनि हेरौं । बडीखेलको घटना मैले नै पत्ता लगाएको हुँ अपराध महाशाखामा हुँदा । अरु पनि धेरै घटनाहरु छन् । यसमा म के आश्वस्त पार्न चाहन्छु भने व्यावसायिकता, निष्ठापूर्वक इमान्दारिताका साथ नेपाल प्रहरीले काम गर्छ । अनुसन्धान गरिरहेको छ । समय केही लागिरहेको छ ।
महानगर, नगर क्षेत्रमा सीसीटिभी होस्, रेडारले हेरोस्, महानगर, नगरले को कहाँबाट आयो, को कहाँ बस्छ भन्ने सबै कुराको रेकर्ड राखोस् । बोर्डर रेगुलेट होस् । यति भए शान्ति सुरक्षा कायम गर्न सहज हुन्थ्यो । यी सबै कुरा नहुँदा पनि अनुसन्धानमा अप्ठ्यारो परिरहेको हो ।

अनुसन्धानमा समय त विकसित मुलुकमा पनि लाग्छ । कतिपय घटनाको अनुसन्धान जटिल प्रकृतिको पनि हुन्छ । प्रविधिबाट पनि पहिचान गर्न गाह्रो हुन्छ । समय त लाग्छ नै । यसको मतलब हामी दोषमुक्त छौं भन्ने होइन । अपराधीको पहिचान गर्न लागिरहेकै छौं । तपार्इंलाई के स्मरण गराउन चाहें भने त्यस्ता केही घटनाहरु छन्, जो अनुत्तरित छन् । हामी संवेदनशिलताका साथ अगाडि बढेका छौं । यसमा सबैलाई आश्वस्त हुन आग्रह गर्न चाहन्छु ।

निर्मला हत्याको अनुसन्धानमा कसैको दबाब र प्रभाव छैन । कसैका दबाबले नेपाल प्रहरीको अनुसन्धान प्रभावित हुँदैन । नेपाल प्रहरीको नेतृत्व मैले गरिरहँदा पनि यो अवस्थाको कुनै गुञ्जायस छैन । निर्मला हत्याको अनुसन्धानमा सहयोग गर्न सबैमा अपिल गर्न चाहन्छु ।

अहिले हामी कानुन कार्यान्वयन, परिमार्जन गर्ने संघीय संरचना कार्यान्वयन गर्ने चरणमा छौं । विगतमा भएका केही कानुनका त्रुटीहरु पनि सच्याउने क्रममै छौं । त्यसतर्फ कतिपय कानुनी रुपमा भन्न नसकिने कुराहरु छन् । जसले अनुसन्धानलाई यस्तो अवस्थामा छ, ‘डिस्टिङ्सन’ आयो भन्ने अवस्था रहँदैन । मुख्य अभियुक्त समातिसकेपछि नै सबै कुरा खुल्ने हुँदा हाम्रो विज्ञ र अनुसन्धानको ‘एक्सपर्ट’ टिम त्यतापट्टि लागेको छ । अनुसन्धानका क्रममा केही नामहरु आए । नामहरु अलि हतारमा पनि दिइहाल्ने, बाहिर ल्याइहाल्ने हामी सबैको बानी छ । यसरी नामहरु दिइहाल्नु हुँदैन । किनकी त्यो नामसँग अरु नामहरु पनि जोडिएका हुन्छन् । नेपाल प्रहरीलाई हामीले अनुसन्धानमा कहाँनिर सहयोग गर्यौं त ? त्यो पनि मनन् गर्नुपर्छ । कोही मान्छे सामूहिक रुपमा अपराधमा संलग्न छ भने त्योसँग जोडिएको मान्छेको कुरा पहिल्यै आउँदा अरु त भाग्छन् नि । बोर्डर खुला छ । बोर्डर ५ मिनेटमै पार गर्न सकिन्छ ।

यो कुरा त हामी सबैलाई थाहा छ नि । हामी कसैको प्रभावमा परेका छैनौं । सरकारले कहिँ दबाब दिएको छैन । कुनै किसिमको प्रेसर छैन । हामीले काम गरिरहेकै छौं । तर हाम्रा पनि केही ‘लिमिटेसन’ भने छन् । अहिले हामीले फिजीकल्ली र म्यानुअल्ली रुपमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । यसका लागि सोधपुछ गर्नैपर्छ । अहिले फौजदारी संहिताले केही असहजता छ । पक्राउ पुर्जी जारी गर्नुपर्ने लगायतमा अप्ठ्यारा छन् । हामीले यसमा केही सुधारमा लागि सुझाव पनि दिएका छौं । यस्तोमा प्रहरीलाई राम्रोसँग सहज रुपमा अनुसन्धान गर्ने वातावरण बनाइदिन सबैले भूमिका खेल्नुपर्छ । किनभने नेपाल प्रहरी प्रहरी महानिरीक्षकको मात्रै होइन । हामी सबैको संगठन हो । अनुसन्धानमा अप्ठ्याराहरु छन् । तर हामी अगाडि बढेका छौं । अनुसन्धानमा विश्वस्त रहन आग्रह गर्छु । कोही नक्कली मान्छेलाई ल्याएर अनुसन्धान गर्दैैनौं । यसमा विश्वास गरौं । सबैभन्दा ठूलो विश्वास नै हो ।

कसैले भन्नुभयो, कुखुरा चोर समात्यो । कुखुरा चोरले गरेन भनेर कोही भन्न सक्नुहुन्छ रु कुखुरा चोर नराम्रै मान्छे हो पनि भन्न सक्नहुन्न । कुखुरा चोर राम्रो हो भनेर कसरी भन्न सक्ने ? एकपटक कुखुरा चोरेको मान्छेले सधैं कुखुरा नै चोर्यो भनेर भन्नु पनि सान्दर्भिक हुन्न । त्यसकारण मैले भन्न खोजेको के हो भने मान्छेका विभिन्न अड्कल छन् । त्यो छैन भने को छ त ? भन्दिनुपर्यो । हामीले अनुसन्धान निःस्वार्थ रुपमा गरिरहेका छौं । मैले निर्मला हत्याको अनुसन्धानका लागि सिआइबीको टोलीलाई कुनै दबाब दिएको छैन । दबाब दिएको भेट्टाउनुभयो भने भन्नुहोला । अब कति बाँकी छ र प्रहरी महानिरीक्षक पदमा बस्ने समय पनि रु त्यसकारण निःस्वार्थ रुपमा काम गरेको छु । यसमा कसैले शंका नगरौं । यदि यस्तो कार्यमा मेरो भूमिका कहि कतै व्यावसायिक मर्यादाबाहिर देख्नुभयो भने संसदमा लगेर मेरो बर्दी खोल्दिनुहोला ।