Swornakshar Logo

बेलायत यूरोपीयन यूनियनबाट बाहिरीयो

एजेन्सी ।
२९ कार्तिक । काठमाडौं । बेलायतको सरकारको क्याबिनेट मन्त्रीहरुको पाँच घण्टा लामो बहस पछि बेलायतले यूरोपीयन यूनियनबाट बाहिर निस्कने निर्णय गरेको छ । बाहिर निस्कने सम्झौता प्रस्ताव पास भएको छ ।

लन्डनमा भएको बैठकमा क्याबिनेटले भविश्यमा बेलायत र यूरोपीय देशहरुको बीचमा सम्बन्धको एक राजनीतिक घोषणापत्र पनि पास गरेको छ । यसको जानकारी दिदै १० डाउनीगं स्ट्रीट अगाडि प्रधानमन्त्री टेरीजा मे ले भने कि यो एक निर्णायक फैसला हो,मलाई पुरा विश्वास छ कि देशको हितमा छ ।

टेरीजा मे ले भनिन कि यो सम्झौताबाट देशमा नौकरी बच्नेछन् र देशको सुरक्षा र संवैधानिक एकजुट हुनको लागि सहयोग हुनेछ । यसबाट बेलायतको आफ्नो भूगोल र कानूनमा नियन्त्रण हुने छ ।

उनले भनिन यस सम्झौतामा विचार गर्दा मुश्किल प्रश्नहरु अगाडि आएका थिए,जस्तो उत्तरी आयरल्याण्ड र आयरल्याण्डको बीचको सीमा सम्बन्धि नियमहरुको बारेमा ।

बिहीबार टेरीजाले बेलायतको संसदमा यो निर्णयको बारेमा जवाफ दिने छिन् । यद्यपि यस मुद्दालाई लिएर प्रधानमन्त्री टेरीजा मे को विरोधको सामना गर्नु पर्यो । विपक्षी पार्टीहरुका केहि मन्त्रीहरुले प्रस्तावित मस्यौदाको आलोचना गरेका छन् ।

लेबर पार्टीका मन्त्री जेरेमी काँर्बिनको भनाइ छ‘सदनमा यो कुरा आधामा नै रोकिन सक्छ ।’

यूरोपीय यूनियनको प्रतिक्रिया

यो भन्दा पहिला ब्रसेल्समा भइरहेको यूरोपीयन यूनियनमा शामिल २७ देशहरुका राजदूतहरुको एक बैठक ब्रेक्सिट सम्झौताको प्रस्तावित मस्यौदामाथि चर्चा नगरेर नै सकिएको थियो ।

अब बेलायतको क्याबिनेटले यो फैसलापछि ब्रेक्सिटमा यूरोपीयन यूनियनका प्रमुख मध्यस्थ माइकल बार्नियरले भनेकि यी दुबै पक्षको हितमा हुने छ ।
यद्यपी उनले भने‘२०२० जुलाईसम्म यस्तो गर्न सम्भव छैन र यसकोलागि समयसीमालाई बढाउन सकिन्छ । यदि यो प्रक्रिया पुरा गर्न सकिएन भने हामीले बैक अप प्लान लागु गर्नु पर्छ ।’

यसको मतलब हो कि यूनाइटेड किंगडम र यूरोपीयन यूनियनलाई‘एउटै कर क्षेत्र’को रुपमा हेरिने छ जहाँ सीमामा सीमाशुल्क लगाइने छैन ।
उत्तरी आयरल्याण्ड यूरोपीयन यूनियनको एक बजार नियम मातहत रहने छ । ‘सीमालाई धेरै मुश्किल बनाइने छैन ।’

यो महिनाको आँखिरमा यस विषयमा २७ देशका नेताहरुको बैठक हुन सक्छ । जहाँ मस्यौदामाथि चर्चा गरीने छ । यसमा सहमति बनेपछिमात्र ब्रेक्सिटको सम्झौता बेलायत र यूरोपीयन यूनियनको संसदमा पेश गरीने छ ।

देश भित्र ब्रेक्सिटमाथि प्रतिक्रिया

यता पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले भने कि प्रस्तावित ब्रेक्सिट सम्झौताबाट कुनैपनि पक्षलाई केहि फाइदा हुदैन । उनको बुझाइ छ कि प्रधानमन्त्रीले यो कुरा एक पटक जनताको अगाडि लिएर जानु पर्छ ।

कन्जरभेटीव पार्टीका एक वरिष्ठ सदस्यले बीबीसीलाई भने कि बिहीबार प्रधानमन्त्रीको विरुद्ध विश्वासको मत देखाउन प्रस्ताव ल्याउन सकिन्छ । यद्यपी अहिलेसम्म यसको आधिकारीक पुष्टि भएको छैन ।

सुत्रका अनुसार ब्रेक्सिटको विरोध गर्ने केहि मन्त्री पार्टीको १९२२मा बनेको कमिटीमा यस विषयमा राख्न सक्छन्र टेरीजा मे को राजीनामाको माग गर्न सक्छन् ।

टेरीजा मे सरकारको समर्थन गर्ने उत्तरी आयरल्याण्डको डेमोक्रेटिक यूनियन पार्टीले चेतावनी दिएको छ कि‘यदि यूनाइटेड किंगडमको विभाजन गर्ने प्रयास गरे’मा यसको गंभीर परिणाम हुने छ ।