Swornakshar Logo

बारामा ट्याक्सी र जीप आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

२४ कार्तिक ।

जनकपुर । बारामा ट्याक्सी र जीप एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान निजगढमा ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकापसमा ठोक्किन पुग्दा सो दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चितवनबाट तरकारी बोकी पूर्वतिर गइरहेको बोलेरोमा तीब्र गतिको ट्याक्सी अनियत्रित भएर ठोकिन पुगेको प्रहरीको भनाई छ ।

दुर्घटनामा मृत्यु हुनेमा ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका –७ का आकाश माझी र सोही ठाउँका विशाल माझी छन्।

यस्तै घाइते दुई जना नरेश माझी र अर्जुन माझीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।