Swornakshar Logo

कर्मचारी समायोजन ऐनःकि जाऊ, कि छाडु

२१ कार्तिक । काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए।

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ।

९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ।

कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍यो मन्त्रालयका निमित्त सचिव अधिकारीले भने ।

कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।