Swornakshar Logo

स्थानीय सरकार र प्रशासनले नदेखेको गाँजा खेति

मिना श्रेष्ठ
२९ कार्तिक । हेटौडा । मकवानपुर जिल्ला लागूपदार्थको दृष्ट्रिकोणले अत्यन्तै संवेदनशिल मानिन्छ । यस जिल्लको थाह नगरपालिकामा विद्यालयको आसपासमा नै गाँजा खेति गरीएको छ । श्री मनकामना आधारभूत विद्यालय टिस्टुङ  खाप्लुङ वरिपरि गाँजा खेति देखिन्छ । विद्यालय नजिकै लागु पदार्थ सेवन गरी मानिसहरु लडिरहेका दृष्य देखिन्छन् । त्यहाँका स्थानीयहरुसंग लागु औषधको विषमा कुराकानी गर्न खोज्दा बोल्न मानेन ।
थाह नगरपालिकाको ११ नं वडा टिस्टुङ खाप्लुङमा रहेको मनकामना आधरभूत विद्यालय मुख्य नाका त्रिभुवन राजमार्गसंग जोडिएको छ । विद्यालयको सय मिटर हाताभित्र सुर्तिजन्य र मदिराजन्य पदार्थ विक्रिवितरण गर्न कानूनले बन्देज गरेको भए पनि यहाँ भने विद्यालय नजिकै गाँजा लहलहाइ रहेको छ ।


यहाँको ११ र १२ नं वडाको अधिकांश जमिनमा अन्य वालीसंगै गाँजाखेति देखिन्छ । विशेष गरी मकै अग्लो हुने र मकैको बोटले गाँजा छोपीने हुदा मकैसंगै धेरै जसो गाँजा देखिन्छ । तर अहिले मकै वाली भित्रयापछि यहाँका अधिकांश जमिन गाँजामय देखियको छ । यस नगरपालिकाको ११ र १२ नं वडा त्रिभुवन राजमार्गसंग जोडिएको छ । यहि राजमार्गबाट नै यी दुबै वडाको गाँजा खेति मौलाएको देखिन्छ ।
यहि नगरपालिकाका ११ नं वडाका वडाध्यक्ष किरणमान बल भन्छन्  ।  यसलाई यहाँका बासिन्दाहरुले खेतिको रुपमा नभएर औषधि र अचारमा प्रयोग गर्छन । यसको न्युनिकरण गरी फलफूल खेति गर्न लगाएर कृषिलाई आधुनिकिकरण गर्नु पर्छ । यो आउदा उर्लेर आउने र जादा घरबार सबै सकेर जान्छ । यसलाई त सकेजति न्युनिकरण गर्नु हाम्रो कर्तव्य हो ।
थाह नगरपालिकाको १२ नं वडाको अध्यक्ष मानबहादुर स्याङतान भन्छन् हामीले वडाको सबै ठाउँको अवलोकन गरेका छैनौ । सामान्यतया मकैको बिचबिचमा गाँजाका बोटहरु देखिन्थे । यसको न्युनिकरणकोलागि बालबालिका,अभिभावक सबै मिलेर जनचेतना मुलक अभियान चलाउछौ ।
यसैगरी थाह नगरपालिका वडा नं ८मा पनि अधिकाशं जमिनमा गाँजा लहलहाई रहेका छन् । ९–१० वटा गाँजाको पातले पनि मानिहरुलाई दुव्र्यसनको अवस्थामा पु¥याउन सक्छ तर यहाँ यति धेरै गाँजाको खेति छ । यहाँका बासिन्दा भन्छन् ‘‘यसलालाई दानाको अचार खान र पातको धुलो बनाएर प्रयोग गरिन्छ । र विक्री पनि हुन्छ ।’’

थाह नगरपालिका ८ नं वडाका वडाअध्यक्ष टिकाराम रुम्बा भन्छन्  यो नगरपालिकामा व्यवसायको रुपमा नभएर औषधिको रुपमा गाँजालाई प्रयोग गर्छन । अहिले मानिसहरुमा चेतनाको कारण गाँजाको ठाउँमा तरकारी खेति गर्न थालेका छन् । आगामी दिनमा पनि किसानहरुसंग सहकार्य गरेर यसलाई न्युनिकरण गरेर जान्छौ । आउदा पुस्तालाई स्वच्छ समाज हस्तान्तरण गछौ । गाँजा के हो र कस्तो हुन्छ भन्ने बनाउछौ ।
उनले आफ्नो पुराना अनुभव भने अहिलेपनि बिर्सेका छैनन । जुन समयमा देशमा माओवादी जनयुद्ध संचालन भएको थियो । यो गाउँमा गाँजाको खेति नै हुन्थ्यो । माओवादीले गाँजा बिरुद्ध अभियान संचालन गर्दा । यसको विरोधमा यहाँका स्थानीयहरुले माओवादीलाई कुटपिट गरी गाँउबाट लखेटेका थिए ।
उता थाह नगरपालिका मेयर लवशेयर विष्ट भन्छन् गाँजा खेतिको रुमपा छैन । आफै उम्रेको हो । यो नगरपालिकामा केहि विद्यार्थीहरु लागु औषधको सिको गरेर बिग्रेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख बुद्धिराज गुरुङ भन्छन् हामीले निरन्तर रुपमा गाँजा खेति फडानी गरीरहेका छौ र विभिन्न ठाउँमा व्यवसायीक रुपमा खेति गरीएका अफिमका व्याड पनि नस्ट गदै आएका छौ । जति ठाउँको बारेमा जानकारी छ त्यहाँ हामी पुगेर नस्ट गरेका छौ । तर अहिलेसम्म जानकारीमा नआएको, र जानकारी आएमा भएको ठाउँमा हामी गएर नस्ट गर्ने छौ । उनले भने पालुङमा गाँजा खेति हुन्छ भनेर आफुलाई जानकारी छैन ।
तर विडम्बना भन्नु पर्छ थाह नगरपालिकामा पनि गाँजाको खेति मौलाई रहेको मुख्य सडकबाट नै देखिन्छ । यो विषयमा ३ नं प्रदेश सरकारका भूमि व्यवस्था–कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख निर्मल गदाल भन्छन् यस्ता लागुपदार्थ फडानी गरेर तरकारी खेति गर्दा राम्रो हुन्थ्यो । समाजपनि सहज बन्थ्यो र आयपनि आर्जन हुन्थ्यो । सरकारले पनि बाटोघाटोको सुविधा फलफूल तरकारी खेतिमा तर्फ किसानहरुलाई प्रोत्साहित गर्नु गर्नु पर्छ ।
थोरै पनि गाँजाले धेरैको जिवन बर्वाद बनाउन सक्छ । यतिमात्र होइन यसले समाज र ब्यक्ति दुबैलाई ठूलो क्षति पुर्याएको हुन्छ । लागु औषधका कारण नै कयौको परिवार बर्वाद भएक छन । कयौको घरपरिवार आँसुमा डुबेको छ । कयौले यसै कारण आफ्नो जिवन जेलका चिसा छिढीमा विताउनु परेको छ ।यसैको कारण सडक दुर्घटना दिनहुँ बढ्दो छ चोरी लुटपाट हत्या, हिंसा ,बलात्कार जस्तो जघन्य अपराध दिन  दिनै बढेर समाजमा यसले आतंक मच्याएको छ ्यो लागु औषधलाई समयमा नै नियन्त्रण गरीएन भने विस्तारै यसले समज नै धरासायी बनाउछ । यो खेती विषेस गरि सोझासाझा किसानहरुले माफियाको उक्सावोटमा लगाउने गरेदेखिन्छ त्यसैले यसको नियनत्रण को लागि धरपकड र खेति नस्ट गरेर मात्र समस्याको समाधान हुदैन । यसको विकल्प दिइ सम्बन्धित ठाउमा व्यापक जनचेतना जगाउन आवश्यक छ ।