Swornakshar Logo

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ७ बर्ष जेल

१२ कार्तिक । काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्धामा ७ बर्षको जेल सजाय हुने ।
बंगलादेशको राजधानी ढाकाको एक अदालतले बंगलादेश नेशनल पार्टीकी प्रमुख तथा पूर्व प्रधानमन्त्री खालिदा जिया र अन्य तीन अन्य तीन जनालाई भ्रष्टाचारको एक मामलामा ७ बर्षको कैद सजाय सुनाएको छ ।
खालिदाको बिरुद्ध ७ बर्ष पहिला मुद्धा दर्ता भएको थियो ।

सोमबार न्यायधीस अख्तरुजजामनले सजाय सनाएका हुन । अदालतले बंगदलादेशको १० लाख को नगद पनि तिर्नुपर्ने फैसला सुनाएको छ । यदि यो पैसा नदिएमा ६ महिना अरु जेल सजाय भोग्नु पर्ने छ ।

फ्ररवरीको महिनादेखि खालिदा एक अर्को भ्रष्टाचारको मुद्धामा ५ बर्षको जेल सजाय भोगी रहेकि छिन् ।
एन्टी भ्रष्टचार कमिशन (एसीसी)ले ८ अगस्त २०११मा तेजगाउँ प्रहरी स्टेशनमा जिया च्यारीटीबल ट्रस्टमा भ्रष्टाचार भएको भनेर उनको बिरुद्ध उजुरी दर्ता गरेको थियो ।
उनलाई सत्तामा हुदा पदको दुरुपयोग गरेको आरोप लागेको छ ।
उनले अज्ञात स्रोतबाट बंगलादेशको तीन करोड फण्ड लिएको आरोप छ । यसको सुनवाई २०१३बाट सुरु भएको थियो ।