Swornakshar Logo

पार्टी एकतालाई उट्याउने षड्यन्त्र भयोः प्रचण्ड

२० असोज ।

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको बताए । त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका पनि दिएका छन् ।

उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।

शनिबार दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए ।
गियर बदल्दै गाडीले गति दिए जसरी नै सरकारको काममा गति दिने उनको भनाई छ ।

प्रचण्डले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि स्मरण गराए ।