Bagmati Samachar Logo

नेकपामा बढ्दो गुटबन्दी,नेताका आ आफ्नाभेला

१५ असोज ।
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी बनेको पाँच महिना सुरु भएको छ । यो पाँच महिनामा पार्टीमा धेरै उथलपथल सुरु भएको छ । पार्टी एकता भएको झण्डै चार महिना पुरा भएपछि प्रदेशको नेतृत्व चयन गरेको छ । त्यो चयन पनि निर्विवाद हुन सकेन । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार चियापान सहितको नेकपाका स्थायी समितिसंग नेतृत्व अथवा दुई अध्यक्षको स्वच्छाचारीको निर्णयको विरुद्ध आवाज उठाउनु पर्ने कुरा राखेका थिए । अन्य स्थायी समिति सदस्यहरुले पनि अहिलेको निर्णय प्रक्रिया र पार्टी संचालनमा छलफल नभएको बताएका थिए ।

असोज ७ गते पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा र विद्यार्थीहरु आफ्नै निवासमा बोलाएर यसरी नै पार्टी र सरकार चल्यो भने हामीहरुले राजनीति नगरे हुन्छ । काशी गए हुन्छ भनेका थिए । उनी चाइना गएको समयमा सचिवालय बैठकबाट ७ वटै प्रदेशका नेतृत्व चयन भएका थिए । त्यहि समयमा वरिष्ठ नेता माधवकुमार नेपाल अफ्रिकि मुलुक घानामा थिए । ९ जनाको सचिवालयमा २ जना त्यो पनि वरिष्ठ नेता र प्रवक्ता नै बाहिर भएको समयमा भएको निर्णयमा ती दुबै नेताहरुले पार्टी भित्रै तर भिन्न फोरममा असहमति राख्न थालेका छन् ।

नेकपा भित्रको विवाद र असन्तुष्टि पार्टी फोरम भन्दाबाट बाहिर आउन थालेको छ । शुक्रबार नेपालको चियापान सहितको भेलालाई केपि ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संन्जाल ट्वीट मार्फत सार्वजनिक गदै आफ्न्तलाई सक्न पराईसंग सल्लाह लिएको संज्ञा दिए ।जब कि माओवादी र एमाले चुनावमा संगै लडेको एक बर्ष भएको छ । एक बर्षसंग सहकार्य गरेर पार्टी एकता गर्दा पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका रिमालको ट्वीटले के जनाउछ रु उनले माओवादी सहितको भेटघाटलाई पराई संग सल्लाह गरेको भनेका छन् । त्यसको जवाफमा स्थायी समिति सदस्य तथा नेपालनिकट मानिने नेता योगश भट्राईले सत्ता र शक्तिमा गए पछि सबैलाई पतन भएको देख्ने कठै दोसी चस्मा को संज्ञा दिए ।

यो विवाद र सचिवालयले गरेको निर्णयप्रति नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेल भन्छ ‘माधवकुमार नेपालले अहिले आएर सचिवालयले एकलौटी निर्णय गर्यो भनेर भन्नुको कुनै तुक छैन किन कि स्थायी समितिको अधिकार कटौति गरेर सचिवालय बनाउन सहमति दिने उहाँ आफै पनि हो । यदि सचिवालयले गरेका निर्णय गलत छन् भने पहिला उहाँले भन्नु पर्यो मैले सचिवालयमा सबै अधिकार दिनु पर्छ भनेर गल्ती गरेको हुँ ।’

नेकपाका अर्का स्थायी समिति सदस्य बेदुराम भुसाल भन्छन्‘पछिल्लो समयमा भारत भ्रमणबाट आएपछि प्रचण्डले विभिन्न मिडियाका संम्पादकहरु बोलाएर भेट्नु भयो । अझ सचिवालयका सदस्यहरु त प्रत्यक दिन कसै न कसैलाई घरमा बोलाएर पार्टीका बारेका कुरा गर्छन । माधवकुमार नेपालले पार्टीका स्थायी समितिका सदस्यहरु बोलाएर पार्टीको बारेमा चिन्ता गर्नु के गल्ती गरे रु’

गजुरेल भन्छन्‘पार्टीले एकताको भाव दिन सकेको छैन । सरकारले जनताको अपेक्षा गरे अुनुरुप र आफैले गरेका प्रतिवद्धता अनुसार काम गरेको छैन । यसका बारेमा कुराकानी छलफल हुन आवश्यक छ । सरकार र पार्टी पुरानै तरिकाले संचालन गरेर हुदैन । यो विषयमा नेतृत्वले सोच्नु पर्छ ।’
नेतृत्वप्रति नेताहरु नै असन्तुष्टि हुन थालेका छन् । सबै नेताहरु गुटका भेला र छलफल गर्छन र नेतृत्व सहितरिकाले चलेन भन्छन् । तर नेतृत्व भने आफुहरुले गरेका निर्णय सहि भएको दाबी गर्छन । कम्युनिस्टा पार्टीमा केन्द्रीय समिति,पोलिटब्युरो र स्थायी समिति हुन्छ । अहिले पनि छ तर यी सबै समितिको काम एउटै सचिवालयले गर्न थालेपछि अझ दुई अध्यक्षद्धयले गर्न थालेपछि पार्टीमा विवाद बढ्न थालेको छ ।

राजनीतिक विश्लेषक झलक सुवेदीको बुझार्इमा ‘नेकपा भित्र अहिले पावर सेयरीङको कुरा बढी आएको छ । सचिवालयमा पनि सामुहिक छलफल हुनु पथ्र्यो भन्ने नेपालको हो । अस्तिको प्रदेश नेतृत्वमा त ओली नेपालका बराबर छन् । तर अहिलेको गतिविधि हेर्दा नेपालले शक्ति सञ्चय गरेको देखिन्छ ।’

भुसाल थप्छन्‘हिजो जस्तो सत्ताका विरुद्ध हामी लडेका थियौ त्यहि सत्ता अहिले पुन ल्याउन खोजीदै छ । यहि चिन्ताले छलफल हुनु स्वभाविक हो । हिजो नारायणहिटीमा वरिपरि बसेकाहरु पनि सबै ठिक छ महाराज भन्थे । महाराज जानेबेलालमा कोहि पनि थिएनन । त्यहि अभ्यास अहिले बालुवाटारमा हुदैछ । जुन सत्ताको विरुद्ध लड्यौ त्यहि सत्ता स्थापना गर्न चाहेका होइनौ ।’ उनले भने ‘कसको पतन हुन्छ त्यो त हेर्दै जाउँला । जसले बालुवाटार घेरेर बसेका छन् । नेताकार्यकर्ताहरुलाई भेट्न समेत दिदैनन,पुरा आफ्नै हो जस्तो गरेका छन् तीनको हुन्छ छिटो पतन ,हाम्रो होइन । हामी त संघर्ष गरेर आएका हौ ।’

भेला र छलफल नेकपामा जारी रहेका छन् । प्रचण्डले भारत भ्रमणबाट आएपछि आफु निकट सम्पादक बोलाएर भेटेका थिए । प्रदेशको इन्चार्ज र अध्यक्ष तोक्नु भन्दा एक दिन पहिला महासचिव विष्णु पौडेले आफ्नो निवासमा ओली निकटहरुको भेला गरेका थिए । भोलीको सचिवालयमा कसरी जाने भनेर । बढी भन्दा बढी ओलीनिकट नेताहरुलाई नेतृत्वमा ल्याउन त्यो भेटघाटले भूमिका खेलेको थियो ।

यसरी नै नेताहरु पार्टी एकता पछि पनि आरोपप्रत्यारोपमा उत्रने हो भने आम नेता कार्यकर्तामा र जनतामा निरासा आउने बताउछन् नेकपाका कार्यकर्ताहरु नै । पार्टी एकता गर्दा दुई बर्षमा महाधिवेशन गर्ने भनेका नेताहरु अहिलेबाट नै शक्ति संञ्चयमा लागेको बुझ्न पनि सकिन्छ । दुई बर्ष पछि हुने भनेको महाधिवेशनमा आफुलाई बलियो बनाउने दाउमा छन् नेकपाका माधवकुमार नेपाल र प्रचण्ड ।

प्रचण्ड अहिले धेरै कुरामा मौन छन् । सरकारको आम मानिसबाट चर्को आलोचना हुदा पनि उनी शान्तरहेका छन् । हुन त उनलेपनि केहि दिन पहिला गृह जिल्ला चितवनमा हामीले जनताको जनचाहना अनुसार काम गर्न नसके जनताले नै विकल्प खोज्ने बताइ सकेका छन् । उनले यो ओली र यो सरकारमाथि गुटनितिक शब्द प्रयोग गरेको धेरै राजनीतिक विश्लेषको बुझाई छ । उनी अहिले पूर्व एमालेमा किचलो बढेमा आफुलाई फाइदा हुने आकलनमा छन् । ओली भने कहिले नेपाललाई त कहिले प्रचण्डलाई नजिक ल्याएर आफ्नो दुनो सोझ्याउने दाउमा छन् ।

ओलीले मन्त्री बनाउन देखि सचिवालय निमार्णसम्म पुरानो संकिण सोच बनाएको बुझाई पूर्व माओवादीमा छदै थियो । नेपाल र खनाल समुहमा पनि परेको छ । ओलीले नेपाल समुहका वैचारीक र आफ्नो आलोचना गर्ने नेताहरुलाई मन्त्री त बनाएनन बनाएनन संसदिय समितिका सभापति हुनबाट रोक्न पनि महिलाहरुलाई अगाडि सारेर उनीहरुको बाटो रोकि दिएको नेकपाका आम कार्यकर्ताहरुको बुझाइ छ ।

जे भएपनि पार्टीमा भएका पछिल्ला निर्णयका कारण अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अबको बाटो सहज छैन भन्ने अनुमान लगाउन सकिन्छ । जसरी उनले एमालेमा हुदा गरेका निर्णय सबैले मान्न बाध्य हुनु पर्ने थियो त्यस्तो अवस्था अहिले छैन । उनकै पूर्व पार्टी एमालेका नेताहरु नै उनको विरुद्धमा मोर्चा खोलेर मैदानमा आएका छन् । एकताको केहि दिन पछि नै उनको विरुद्ध खुल्ला रुपमा बोल्न थालेका झलनाथ खनाल हुन । अब त्यसैमा झन गुट सहित थपिएका छन् माधवकुमार नेपाल ।

प्रचण्ड त झन ओलीमाथि यस्तो आओस भन्ने चाहना राख्ने नै भए । शक्तिशालि अध्यक्ष र कार्यकारी प्रधानमन्त्री आफैले राखेका ओली कमजोर हुदै जानु पार्टीको आन्तरिक समिकरणमा सबै भन्दा बढी फाइदा प्रचण्डलाई हुने छ । अझ पूर्व एमाले आफै लड्न थालेपछि त झनै रमिता हेर्ने नै भए ।
नेकपामा अहिले विचार,सिद्धान्त र कम्युनिस्ट आर्दशभन्दा पनि महाधिवेशनमा आफु अनुकुल निर्णय गराउन सक्ने गरी शक्ति संचयको खेल भएको बुझिन्छ । नत्र सरकार आफैले घोषणा गरेका काममा चासो नै दिदैनन । सरकारको गृहमन्त्रीले सिन्डिकेट हटाउछु भन्छन् । एनजिओ आइएनजिओको सम्पनित छानबीन गर्छु भन्छन् तर त्यहि सरकारका अन्यमन्त्रीमात्र होइन प्रधानमन्त्रीनै त्यो काम रोक्छन् । तर अरु नेताहरु मौन बस्छन् । यहाँ आफु केन्द्रीत निर्णयको पर्खाइमा नेताहरु भएकाले स्वेच्छाचारी बढेको केहि नेताहरुको बुझाइ छ ।

अब ओलीको स्वच्छाचारीको जुवामा जोतिन्छन् कि त्यो जुवा हटाउने मोर्चामा नेकपाका अन्य नेताहरु एक जुट हुन्छन् त्यो त समयले नै बताउने छ ।साभार जनतापाटी