सम्पति शुद्धिकरण मुद्दामा कांग्रेस नेता दीपक खडका पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई आज बिहान निवासबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शिलापत्रलाई जानकारी दिएको छ ।
ब्युरोका अनुसार उनलाई सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
बिहान पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्काबारेको कसुर सम्पत्ति शुद्धिकरण रहेको छ ।
खड्कालाई सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ गरिएको पक्राउ पुर्जीमा उल्लेख छ । यही कसुरमा पक्राउ अनुसन्धान गर्नुपरेकोले तत्काल पक्राउ गर्नुपरेको पक्राउ पुर्जीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: