Swornakshar Logo

शिर्ष नेताहरु भेट्ने एमसीसी उपाध्यक्ष फातिमा

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले शीर्ष नेताहरुलाई भेट्ने भएकी छिन् ।
लामो सयमदेखि नेपालमा एमसीसीका बारेमा विवाद हुदा लागु हुन सकेको छैन । अझ सम्झौतामा नै एमसीसी संसदबाट पास हुनु पर्ने उल्लेख छ । जुन अहिलेसम्म संसदमा टेबल नै भएको छैन ।
अहिले पनि संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको छ । नेपालमा बहस चलिरहेको समयमा एमसीसीकी उपाध्यक्ष सुमार नेपाल भ्रमणमा आएकी हुन्।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।

पछिल्लो समयमा नेपालमा दैनिक एमसीसीको विरोधमा प्रदर्शन भइरहेको छ ।करिब रु ६५ अर्बको सो परियोजनामा करिब रु ५० अर्ब अमेरिकी र रु १५ अर्ब नेपाल सरकारको लगानी हुने भनिएको छ। दुई पक्षबीच सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच ‘कम्प्याक्ट सम्झौता’भएको थियो।

प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
उपाध्यक्ष सुमारले पहिलो भेट ओलीसंग हुने बताइएको छ ।