अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग
हेटौडा । ९ वैशाख । सोमबार जारी भएका दुई अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरू फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ ।
लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिस हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रूपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताए । जनता घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख उनले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएकाले फिर्ता लिनुपर्ने बताए ।
संवैधानिक निर्णयहरू साझा स्वामित्वबोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतका आधारमा निर्णय गर्न सकिने विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको उनले बताए । नागरिकको जीवनप्रति गम्भीर हुँदै सबै विषय थाँती राखेर कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले सरकारको निर्णयविरुद्ध मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताए । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन र डेमोक्र्याट लयर एसोसिएसनले एउटै समयमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसअनुसार राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधनं अध्यादेश २०७७ र संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यक्षदेश २०७७ जारी गरेकी थिइन् । सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: