Bagmati Samachar Logo

उद्धार गरिएकी चण्डिकाको छाउनी अपस्पतालमा घुँडाको अप्रेसन हुँदै

काठमाडौँ । बेत्रावतीबाट ११ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसन हुने भएको छ । नेपाली सेनाको छाउनी अस्पतालमा घुँडाको अप्रेसन गर्न लागिएको अस्पतालले जानकारी दिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उनको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो ।

प्रवक्ता बस्नेतले भने– ‘दाहिने तिघ्रामा गहिरो घाउ छ, सुगर, प्रेसर र मुटुको रोगी हुनुहुँदो रहेछ, बिरामी ६३ वर्षीया चण्डिकामा हाइपरथेमियाको लक्षण देखिएको छ ।’

चिकित्सकहरूका अनुसार हाइपरथेमिया शरीरको तापक्रम असामान्य रूपमा बढ्नु वा अत्यधिक शरीरको तापक्रम हो।

भदौ १० गते आएको बाढीमा परेर बेपत्ता भएकी उनको शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।