Bagmati Samachar Logo

बागमतीमा मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ र विपक्षमा शून्य

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले आज प्रदेश सभा बैठकमा विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्रीलाई ५७ जना संसदले विश्वासको मत दिएका छन् । विपक्षमा कुनै पनि मत खसेन । कांग्रेसले मतदान बहिष्कार गरेको थियो । राप्रपाका केहीले पक्षमा मतदान गरे भने केही तटस्थ बसे ।

मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक थियो । बागमतीमा एमाले र नेकपाका गरी ५१ जना सांसद छन् । ६ जना राप्रपाका सांसदले मत दिएका हुन् । एमाले मुख्यमन्त्रीलाई मत दिने विषयमा राप्रपामा विवाद सिर्जना भएको छ ।