Bagmati Samachar Logo

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति

काठमाडौं । बागमती प्रदेश सरकारबारे नेकपा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति भएको छ। तीन दलबीच सरकार सञ्चालनबारे सहमति भएको हो ।

सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा दलीय हैसियतको आधारमा साबिक ८ मन्त्रालय नबढाउने गरी भागबन्डा गर्ने, सभामुख नेकपाबाट निर्वाचित गरिने उल्लेख छ ।

सरकार सञ्चालनबारे ७ दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने,नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने, मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको तर्फबाट रहने उल्लेख छ।